डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७६ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ७२ पैसा र बिक्री दर १६२ रुपैयाँ ४५ पैसा छ। 

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको छ। 

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ९७ पैसा रहेको छ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here