काठमाडौं, २७ मंसिर । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८ कम्पनीको ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबारमा भारी गिरावट आएको छ । सोमवार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ९ वटा समूह घटेको छ भने अन्य सबै हरियो भएको छ ।
झिनो अंकले घटेको बजारमा सीवाइसी नेपालको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सान्जेन जलविद्युत् ७.७३, माथिल्ले तामाकोशी ५.११, रसुवागढी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।
नविल बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड १७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । नेपाल टेलिकम ६ करोड र समिट लघुवित्त साढे ४ करोड बढीको कारोबार भएको छ ।