वाणिज्य बैंकले पुसमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

काठमाडौं, २७ मंसिर । वाणिज्य बैंकहरुले पुसमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बसेको नेपाल बैंकर्स संघको वैठकले पुसमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।

पुसका लागि पनि बैंकहरुले मंसिर बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।

अहिले बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधरण बचतमा कम्तीमा ७.१३३ प्रतिशत ब्याज दिँदै आएका छन् ।

पछिल्लो समय लगानी योग्य रकम भए पनि ब्याजदर महँगो भएपछि कर्जाको माग शून्यप्रायः छ । अर्कातिर, उद्योगी व्यवसायी ब्याजदर घटाउन माग गर्दै देशव्यापी आन्दोलनमा छन् । त्यसैलाई मध्येनजर गर्दै बैंकहरूले मंसिरमा ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।

गत चैतदेखि स्थिर रहेको बैंकको ब्याजदर ६ महिनापछि असोजमा बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here