नेप्से १.७४ अंकले घट्यो, ५९ करोडको कारोबार

काठमाडौं, १६ साउन । शेयर बजार कारोवार मापक नेप्से परिसूचक बिहीबार १.७४ अंकले घटेको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ०.१४ प्रतिशतले घटेर एक हजार दुई सय ६३.८४ अंकमा झरेको हो । त्यस्तै, क वर्गका कम्पनीको मापक सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेर २७२.५३ अंकमा झरेको छ ।

बिहीबार कूल १६८ कम्पनीका २० लाख ६० हजार ६७८ कित्ता शेयर ५९ करोड ५ लाख रुपैयाँमा किनबेच भयो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर मात्रै उकालो लागेको छ । जीवन बीमा २०.८७ निर्जीवन बीमा ३.५५ र लघुवित्त १५.६३ अंकले बढेका छन् भने अन्य सबै उपसमूहका शेयर घटेका छन् । बैंक ३.६८, विकास बैंक १.०७ र होटल १२.३९ अंकले घटेका छन् ।

कारोवार रकमको आधारमा बिहीबार आधारमा आज नेको इन्स्योरेन्स कम्पनीको सात करोड ४५ लाख ५७ हजार बराबरको कारोबार भई शिर्ष स्थानमा रह्यो ।

ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ५२ लाख २८ हजार र मुक्तिनाथ विकास बैंकको एक करोड ७९ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै दश प्रतिशतले कमाए । त्यस्तै गुँराश लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९६ र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९२ प्रतिशतले कमाए ।

बिहीबार सबैभन्दा धेरै गुमाउनेमा युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनी रहे । उनीहरुले ४.४४ प्रतिशतले गुमाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here