बेथानचोक दुर्घटनाका मृतकमध्ये १३ को खुल्यो पहिचान

काठमाडौं, २८ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सवारी चालक ललितपुर महांकाल घर भई पनौती–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिना, बनेपा–१४ घर भएका ३९ वर्षीय राजकुमार तामाङ, बनेपा–११ घर भएकी ७९ वर्षीया निर्मला तामाङ, बनेपा–८ का ११ योगेश तामाङ, बनेपा–११ का ५० वर्षीय अकुर तामाङ, बनेपा–११ कै ४३ वर्षीया हेमा तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेयना तामाङ, मण्डनदेउपुर–१ की ३७ वर्षीया जेली तामाङ र धुलिखेल–११ का ३० वर्षीय बुद्ध तामाङको ज्यान गएको छ ।

घाइतेहरुको धुलिखेल अस्पताल, बनेपास्थित शिर मेमोरियल र काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २२ जना घाइतेमध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मंगलबार साँझ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा करिब ६ः१५ बजे बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो ।

बेथानचोक गाउँ पालिकाको वडा नं. ५ च्याल्टी भन्ने ठाउँबाट छेवार मनाएर फर्कर्ने क्रममा ओरालोमा अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बनेपा–११, सल्लेबाट बेथानचोक ५ च्याल्टीमा आफन्तको छेवारमा गएर फर्किने क्रममा बस दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here