सडक सुरक्षामा उदासिन सरकार :अकालमा ज्यान गुमाउँदै सर्वसाधारण

काठमाडौं, २८ मंसिर । नेपालमा यस साता भएका दुई ठूला दुर्घटनामा २९ जना मानिसको ज्यान गएको छ । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाले ज्यान गुमाएको भोलीपल्टै मंगलबार काभ्रेमा बस दुर्घटनामा परेको छ । जसमा १७ जनाको मृत्यु भइसकेको छ । कैयौं यात्रुको गम्भीर हालतमा उपचार जारी छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार यी दुई दूर्घटनामध्ये दोस्रोमा मानवीय कारण देखिन्छ । प्रत्यक्षदर्शीले बस अत्यधिक गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको बताएका छन् । छिटपुट दुर्घटनामा ज्यान गुमाउनेका दैनिक संख्या ठूलो छ ।

तर, भयानक प्रकतिका दुर्घटनाको श्रृङ्खलाले अकालमा सयौं सर्वसाधारणको ज्यान जाँदा समेत सरकारी निकायलाई भने यस प्रति चासो छैन । खासगरी स्थानीय स्तरमा खटिने ट्राफिक व्यवस्थापनको जिम्मा पाएको नेपाल प्रहरीको लापरवाही र सवारी चालक तथा धनीको गैरजिम्मेवारीपनः यसको मूख्य कारण हो ।

नेपालमा सडकको गुणस्तरको समेत ठूलो प्रश्न रहेको छ । साथमा सवारी साधनको आयुले समेत दुर्घटना कम वा बढी गराउन भूमिका खेल्छ । शहरी इलाकाबाट चलाउन योग्य छैन भनि निष्काशित गरिएका सवारीर्ला ग्रामिण भेगको कच्ची र साँघुरो सडकमा निष्फिक्री गुडाउने प्रचलन नेपालमा छ ।

यसले समेत दुर्घटना निम्त्याइरहेको छ । सरकार भन्दा बलिया यातायात व्यवसायी भएको मुलुकमा उनीहरुले कानून मान्नु पर्दैन ।

फलस्वरुप कैयौं सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको हो । यसले न प्रधानमन्त्रीलाई पोल्छ, न गृहमन्त्रीको मन दुख्छ । किनकी उनीहरुले जिवनभर सार्वजनिक यातायात चढ्नु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here