‘भरतमोहन अधिकारी नाफिज पत्रकारिता पुरस्कार’ घिमिरे र रोकायलाई

काठमाडौं, २८ मंसिर । भरतमोहन अधिकारी नाफिज पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन् । जसमध्य भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार सम्झना घिमिरे पुरस्कृत भएकी छिन् ।

त्यस्तै भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार सन्तोष रोकायलाई पुरस्कृत गरिएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १३ औं बार्षिक साधारण सभा तथा छैठौ महासभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । अर्थमन्त्री जर्नादन शर्माले पुरस्कार प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here