बिहीवार महानगरका वडादेखि केन्द्रीय कार्यालयसम्मका कामकाज बन्द हुने

काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ।

महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ।

महानगरले आज (मंसिर २९ गते) २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ।

‘काठमाडौं महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here