चालु खाता ३५ अर्ब ४० करोड घाटामा, शोधानान्तर बचत २० अर्ब

काठमाडौं । शोधनान्तर स्थिति रु २० अर्ब ३ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/ ८० को चार महिना सम्मको तथ्यांक अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ ।

चालु खाता रु.३५ अर्ब ४० करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२२० अर्ब ९१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ ।

द्दद्ध। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४३ करोड आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ६३ करोड प्राप्त भएकोथियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here