दोधारा चाँदनीमा शारीरिक अपांगता चेकजाँच तथा सहायक सामग्री वितरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा शारीरिक अपांगता चेकजाँच तथा सहायक सामग्री वितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत शारीरिक पुनरस्थापना केन्द्र कञ्चनपुरको प्रविधिक सहयोगमा दोधारा चाँदनी नगरपालिका कार्यालयमा शारिरिक अपांगता चेकजाँच तथा सहायक सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

शारीरिक अपांगता चेकजाँच तथा सहायक सामग्री बितरण कार्यक्रमको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार, वडाध्यक्ष ओंमप्रकाश रोकाया, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत शारिरिक पुनरस्थापना केन्द्र कञ्चनपुरका बरिष्ठ आर्थिक संकलन अधिकृत टेक बहादुर बुढा, कृत्रिम हात खुट्टा निमार्ण गर्ने कृष्णराज भट्ट, फिजियोथेरापी अमित कुमार यादव लगाएत अपांगता भएका ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

शारिरिक अपांगता चेकजाँच तथा सहायक सामग्री बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका झण्डै ८० जना अपांगता भएका ब्यक्तीहरुले सेवा प्रदान गरिएका बताईएको छ् ।

उद्धघाटन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले शारिरिक अपांगता भएका ब्यक्तीहरु सहजताको निम्ती दोधारा चाँदनी नगरपालिका कार्यालयले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत शारिरिक पुनरस्थापना केन्द्र कञ्चनपुर संग सहकार्य गरि शारिरिक अपांगता चेकजाँच तथा सहायक सामग्री बितरण गरिएको बताएका छन् ।

आर्थिक अवस्था दैनिय रहेको अपांगता भएका ब्यक्तीहरुको दैनिकी थोरै भएपनि सहज बनाउन स्थानिय सरकारले सघाउने प्रयास गरेको उनले बताएका छन् । मेयर लिम्बुले आगामी दिनहरुमा अपांगता भएका ब्यक्तीहरुलाई सघाउन दोधारा चाँदनी नगरपालिका कार्यालय बिभिन्न कार्यक्रम निमार्ण गर्ने भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here