खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा, कुन जिल्लामा कति ?

फाइलफोटो

काठमाडौं । खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा अस्वाभाविक रुपमा कृषि कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।

प्रतिवेदनमा काठमाडौं जिल्लामा सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको उल्लेख छ ।

२०७९ असार मसान्तसम्म बागमती प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ८ अर्ब पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३३.२ प्रतिशतले वृद्धि भएको थियो । यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाले ३.५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४१.९ प्रतिशत, चितवन जिल्लाको अंश २८.८ प्रतिशत, मकवानपुर जिल्लाकोअंश ६.१ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाकोअंश ५.३ प्रतिशत, प्रतिशत रहेको छ ।

धादिङ जिल्लाको अंश ३.७ प्रतिशत, नुवाकोट जिल्लाको अंश ३.५ प्रतिशत, ललितपुर जिल्लाको अंश ३.१ प्रतिशत, भक्तपुर जिल्लाको अंश २.४ प्रतिशत, सिन्धुली जिल्लाको अंश १.८ प्रतिशतप्रतिशत रहेको छ ।

सिन्धुपाल्चोक जिल्लाको अंश १.२ प्रतिशत, रामेछाप जिल्लाको अंश ०.७ प्रतिशत, दोलखा जिल्लाको अंश ०.६ प्रतिशत, र रसुवा जिल्लाको अंश ०.६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here