बैंक/वित्तीय संस्थाका संस्थापक र सीइओको योग्यतासम्बन्धी नयाँ व्यवस्था, कस्तो अवस्थामा बन्न पाइँदैन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुनका लागि नयाँ योग्यता तोकेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यताबारे थप ब्यबस्था गरेको हो।

नयाँ व्यवस्थाअनसार टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएका व्यक्ति बैंक तथा वित्तीय संस्थाका संस्थापक र सीइओ हुन योग्य हुनेछन्।

यसैगरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको व्यक्ति पनि संस्थापक र सीइओ हुन योग्य हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

त्यस्तै अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको व्यक्ति मात्र सीईओ हुन पाउने छ। यदि आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइसकेपछि मात्र सीईओ हुन पाउने छ।

त्यस्तै अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतित भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको सेयरधनी हुन पाउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here