सीमा क्षेत्रको समस्या बुझ्न अष्ट्रेलियाली राजदुत दोधारा चाँदनीमा, जनप्रतिनिधीले गरे स्वागत

दोधारा । अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीबीच भेटवार्ता भएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव तस्करी रोकथामको अवस्था बुझ्न बिहीवार सीमा क्षेत्रमा पुगेकी भोल्कलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष बिक्रम चन्द, पदम रावल, केशव खत्री लगाएतको टोलीले स्वागत गरेका थिए ।

अष्ट्रेलियन राजदुत कार्यालयका कर्मचारी तथा गाईड कृष्ण कार्की, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट लगाएत टोली दोधारा चाँदनी पुगेका थिए ।

उनीहरुले दोधारा चाँदनी नगरपालिकामा निमार्णधिन ४ लेनको पक्की पुल, सुख्खाबन्दरगाहको क्षेत्र, महाकाली झोलुङ्गे प्लु लगाएत क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको दुईवटा ठुला प्रान्त उत्तरप्रदेश र उत्तराखण्डको खुला सीमानना र मानव बेचबिखन तथा तस्करीको उच्च जोखिमको रहेको अवस्थाको बारेमा भल्कलाई जानकारी गराएका छन् ।

दोधारा चाँदनी नगरपालिका खुला सीमाना रहेको हुँदा मानव तस्करको जोखिम पनि त्यत्तीकै बढ्दै गएका मेयर लिम्बुले बताएका छन् ।

कञ्चनपुरको मुख्य नाकाकोरुपमा रहेको गड्डाचौकी नाका सुरक्षाको द्धष्टीकोणले सुरक्षित भएको हुदा मानव तस्करहरुले दोधारा चाँदनीको रुट प्रयोग गर्दै आएको उनले बताए ।

मानव बेचबिखन तथा ओसारपसार रोक्न दोधारा चाँदनी नगरपालिका कार्यालयले माईती नेपाल कञ्चनपुर संग समन्वय गर्दैको मेयर लिम्बुले बताउदै मानव बेचबिखन तथा ओसारपसार रोक्न स्थानिय सरकारको दायित्व भएको हुदा मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराध रोक्न आफु र आफ्नो टिम कटिबद्ध रहेको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा सुख्खा बन्दरगाह निमार्ण संग नेपालकै सबै भन्दा ठुला नाकाकोरुपमा बिकसित हुने हुदा आगामी दिनहरुमा मानव तस्करहरुले प्रयोगगर्ने मार्ग बन्ने भएको हुँदा यस्तो जघन्य अपराध रोक्न सबै लाग्नु पर्ने दोधारा चाँदनी नगरपालिकामा मेयर लिम्बुले बताए ।

अष्ट्रेलियन राजदुत भल्कले मानव बेचबिखन तथा ओसार पसार रोक्न गर्दै आएको कार्यको उच्च प्रशंसा गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगाएत टिमलाई बिशेष धन्यबाद दिदै दोधारा चाँदनी नगरपालिका क्षेत्र मानव तस्करी तथा ओसार पसार कार्य थप उच्च जोखिममा रहेको बताएका छन् ।

भल्कले आफुबाट दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई गर्न सक्ने सहयोग सदा रहने बताउँदै उनले नवनिर्वाचित जनप्रतिनिधीकोको कामको उच्च प्रशंसा गरेका छन् । भल्कले दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर मेयर लिम्बु, उपमेयर जोशी संग भेट गरि नगर क्षेत्रको समस्याको बारेमा जानकारी लिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here