शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको मंसिर २९ गते बसेको बैठकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हाल २ अर्ब २८ करोड चुक्ता पूँजी रहेको शिखरको बोनस सेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here