बाराही हाइड्रोपावर आइपीओ बाँडफाँड आइतवार, १० कित्ता पाउन भाग्यकै भर

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड आइतवार हुने भएको छ ।

विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटले पुस ३ गते बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट बाँडफाँडको तयारी गरेको हो ।

आइपीओमा मागभन्दा २६.९२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । १० कित्ता हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा यसमा १२ लाख १६ हजार १५३ जनाले कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् ।

सर्वसाधाणलाई छुट्याइएको ५ लाख १५ हजार २२० कित्ता सेयरका आधारमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पार्नेछन् । बाँकी ११ लाख ६४ हजार ६३१ जना आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here