भदाैमा ओसाका उड्ने निगमकाे असाेजमा नारिता चार्टर्ड फ्लाइट

काठमाडाैं, १६ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा समेत चार्टर्ड उडानकाे तयारी गरेकाे छ ।

निगमले बिहीबार एक विज्ञप्ती जारी गर्दै जापानमा बस्ने नेपाली समुदायकाे चाहनाकाे साथै साथै जापानी नागरिककाे माग अनुसार ओसाकामा नियमित र नारितामा चार्टर्ड उडानकाे तयारी गरेकाे बताएकाे हाे ।

आगामी भदौ १२ (अगस्ट २९) गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारीमा रहेकाे निगमले सेप्टेम्बर र अक्टाेबरमा काठमाडाैं-नारिता-काठमाडाैं दुइवटा उडान गर्ने अनुमति पाएकाे हाे ।

चार्टर्ड उडानकाे लागि सुमेघ टुर्स एण्ड ट्राभल्ससँग सम्झाैता भइसकेकाे पनि निगमले जानकारी दिएकाे छ । निगमकाे वाइडबडी ए–३३० जहाजमार्फत ओसाका र नारिता उडान गरिनेछ ।

निगमकाे पहिलाे उडान २६ सेप्टेम्बर बिहीबारकाे दिनमा काठमाडाैंबाट नारिताकाे लागि हुनेछ र भाेलिपल्ट २७ सेप्टेम्बर शुक्रबार नारिताबाट काठमाडाैं फर्कनेछ । त्यस्तै दाेस्राे उडान अक्टाेबर २ बुधबार नारिता उडेर अक्टाेबर ३ बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैं फर्कनेछ ।

चार्टर्डकाे लागि काठमाडाैं-नारिता-काठमाडाैं उडान १४ घन्टा ३० मिनेटकाे हुने पनि निगमले बताएकाे छ ।

नारिता र ओसाका उडानले नेपालकाे पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने निगमले विश्वास लिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here