पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर, काठमाडौं १० औं नम्बरमा

काठमाडौं । पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर बनेको छ ।

अमेरिकास्थित एक संस्था यूएस एयर क्वालिटी इन्डेक्सको जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले लाहोर विश्वकै प्रदूषित सहरमा परेको देखाएको हो ।

काठमाडौं विश्वमै १० औं प्रदूषित सहरमा परेको छ । रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

आज बिहान काठमाडौं उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १५५ रहेको छ।

यस्तै, भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दामाथि रहेको छ। एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ। त्यसभन्दा माथि अस्वस्थ मानिन्छ।

प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानकै कराँची, चौथो र पाँचौँमा भारतको नयाँ दिल्ली र कोलकाता रहेका छन्।

पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ ।

एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ ।

वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन (हावा चिसो बनाउने मेसिन) बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here