काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्वीटरबाट निलम्बन गरेका धेरै पत्रकारहरुको खाता पुनः सञ्चालन हुने बताएका छन् ।
ट्वीटरले न्यु योर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका रिपोर्टरहरूको खाता बन्द गरेको थियो । मस्कले आफ्नो बारेमा स्थान डेटा सार्वजनिक गरेको आरोप लगाएसँगै खाता बन्द गरिएको हो ।
तर बढ्दो आलोचनाको बीचमा, उनले ट्विटर प्रयोगकर्ताहरूलाई अब के गर्ने भनेर प्रश्न गरेका थिए । उनको प्रश्नमा सहभागी ३ दशमलव६ मिलियन मध्ये ५९ प्रतिशतले प्रतिबन्ध तुरुन्त हटाउने पक्षमा मतदानपछि खाता पून: सञ्चालनमा ल्याउने बताएका हुन् ।
मेरो स्थान डक्स गर्ने खाताहरूको निलम्बन अब हटाइनेछ उनले ट्वीट गरे। प्रतिबन्धको ईयू र संयुक्त राष्ट्रले निन्दा गरेको थियो।यद्यपी इलनजेट नामक अकाउन्ट भने बन्द नै रहने बताइएको छ ।
खाताका मालिक ज्याक स्वीनी, २०, सार्वजनिक रूपमा उपलब्ध उडान-ट्र्याकिङ जानकारी प्रयोग गरी हरेक पटक मस्कको जेट उड्ने र अवतरण गर्दा ट्वीट गरेका थिए ।