मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

अघिल्लो वर्ष शेयरधनीलाई ४६ प्रतिशत लाभांश वितरण गरेको फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट भने सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

सोही निर्णय अनुसार फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाएको छ।

फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको २३६ औं बैठकबाट संस्थाको आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण र अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात यस संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here