गठबन्धन भत्काउने एमालेको प्रयास, ओलीको आश्वासनपछि प्रचण्डको प्रधानमन्त्री ‘बार्गेनिङ’

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने प्रयासमा गरिरहेको छ ।

नेपाली राजनीतिमा चतुर खेलाडीका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको आश्वासन दिएर गठबन्धन भत्काउने प्रयास गरेको हो ।

यसका एमालेका नेताहरुले माओवादी, नेकपा (एकीकृत समाजवादी) का नेताहरूसँग छलफल गरिरहेको छ ।

एमाले नेताहरूले सहकार्यका लागि माओवादीले गठबन्धन छाड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

एमालेबाट सहयोगको प्रस्ताव आए पनि माओवादी केन्द्र ढुक्क हुने अवस्थामा छैन । तत्कालीन नेकपा गठनअघि भएको लिखित सहमति कार्यान्वयन नभएकाले एमालेसँग माओवादी तर्सिएको छ ।

गएको मंसिर ४ गते भएको निर्वाचनबाट माओवादी केन्द्र ३२ सिटसहित प्रतिनिधिसभामा तेस्रो पार्टी बनेको छ । प्रचण्डले आफू जसरी पनि प्रधानमन्त्री बन्न ‘बार्गेनिङ’ सुरु गरेका हुन् ।

प्रचण्डले शनिबार प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन् ।

तेस्रो दलको हैसियतमा विगतमा कांग्रेसको नेतृत्वमा सरकार बनेको दृष्टान्त पेश गर्दै प्रचण्डले यसपटक माओवादीको नेतृत्वमा सरकार बनाउन कांग्रेसले साथ दिनुपर्ने तर्क अघि सारिरहेका छन् ।

कांग्रेससित कुरा नमिले नेकपा (एमाले)सँग सहमति गरेर भए पनि प्रधानमन्त्री बन्ने तयारीमा प्रचण्ड रहेको ती माओवादी पदाधिकारीको भनाइ छ ।

बिहीबारमात्रै प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेका थिए। त्यसअघि प्रचण्डसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेताहरू कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्कीले पनि छलफल गरेका थिए।

जनमत पार्टीका अध्यक्ष सिके राउत र स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहलगायतले पनि प्रचण्डसँग छलफल गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रचण्डले जेलमै पुगेर भेटेका थिए। एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, नेता रघुवीर महासेठलगायतले पनि प्रचण्डसँग छलफल गरेका छन्। यसको अर्थ आफू प्रधानमन्त्री हुन प्रचण्डले विभिन्न विकल्पमा छलफल गरिरहेका छन्।

२०६४ सालको पहिलो संविधानसभामा सबैभन्दा ठूलो र पहिलो पार्टी बनेको माओवादी २०७० सालको दोस्रो संविधानसभा चुनावमा तेस्रो दलमा खुम्चिएको थियो ।

२०७४ सालको चुनावमा एमालेसँग मिलेको कारण दोस्रो बन्ने अवसर पाएको माओवादी हालैको चुनावमा फेरि तेस्रो दलमै खुम्चिनु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here