उच्च अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स समूहका लगानीकर्ता

काठमाडौं, ३ पुस । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २७.५७ अंकले घटेर १८५५.६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५० कम्पनीको १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै २८८ प्रतिशतले घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बिहीवार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

दोहोरो अंकले घटेको बजारमा इष्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । यसको आज ६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।
रिडी पावरको ५ करोड ४३ लाखको कारोबार भएको छ । नबिल बैंकको ५ करोड ४१ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here