चार महिनामा विदेश पढ्न जानेहरुबाट बाहिरियो २२ अर्ब रुपैयाँ, घुम्न जानेले खर्चिए ३३ अर्ब

Photo: THT

काठमाडौं, ३ पुस । चालू आर्थिक वर्षको ४ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले २२ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा पढ्नको लागि विदेश जाने नेपालीले २२ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेका हुन् ।

यो गएको वर्षको तुलनामा दोब्बर हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक शिक्षाका लागि जम्मा १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।

यस्तै विदेश घुम्न जाने नेपालीले ४ महिनामा ३३ अर्ब ६ करोड रुपैयाँ खर्च गरेका छन । पछिल्ला वर्षमा नेपाल भम्रण गर्न आउनेले भन्दा नेपालबाट डलर लगी विदेशमा खर्च गर्ने बढेका छन्।

संख्यात्मक हिसाबमा आएका पर्यटकबाट भएको आर्थिक लाभ र यसको तुलनामा हामीले विदेश जाँदा गर्ने खर्चको अनुपातका विषयमा हालसम्म कोही बोलेका छैनन् ।

नेपालीले विदेशमा गर्ने खर्चको तुलनामा विदेशीले नेपालमा गर्ने खर्च निकै कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here