एकैपटक २३ जना एसपीको काज सरुवा, कसलाई कहाँको जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सोमवार सूची सार्वजनिक गर्दै एसपीहरूको काज सरुवा गरेको हो ।

सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

त्यस्तै नेपाल प्रहरी पहरा गणका कोमल साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा काज सरुवा गरिएको छ।

एसपी दुर्गाराज रेग्मी झापा काज सरुवा भएका छन् भने सन्तोषसिंह राठौर बाँके सरुवा भएका छन् ।

यस्तै त्रिभुनव विमानस्थलमा रहेका एसपी विश्वराज खड्का धनुषा पुगेका छन् । कोमल शाहलाई पर्सा काज सरुवा गरिएको छ । एसपी राजकुमार सिलवाल सिन्धुली सुरुवा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here