पासपाेर्ट आवेदनका लागि अब ‘अपोइन्टमेन्ट डेट’को बुकिङ दिउँसो साढे ३ बजे खुल्ने

काठमाडौं । पासपोर्ट आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’को बुकिङ अब दिउँसो साढे ३ बजे खुल्ने भएको छ ।

राहदानी विभागले सोमबार सूचना निकालेर पुस ५ गतेदेखि दिउँसो साढे ३ बजे ‘अपोइन्टमेन्ट डेट’को बुकिङ खुल्ने जानाकारी दिएको हो ।

विभागले जिल्ला र इलाका प्रशासन कार्यालयले विहान ११ बजे बुकिङ खोल्दा सर्भरमा अत्यधिक चाप परेको भन्दै बुकिङको समय सारेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि विभागले साउन १७ गतेदेखि दैनिक विहान ११ बजे अपोइन्ट डेटका लागि बुकिङ खोल्ने गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here