किन मन परेन प्रयोगकर्ताहरुलाई मस्कको ट्वीटर प्रमुख कार्यकारी पद ?

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कलाई प्रमख कार्यकारीको रुपमा देख्न नचाहेको पाइएको छ । अर्बपति मस्कले आफुले ट्वीटरको प्रमुख कार्यकारीको रुपमा काम गरिरहदा ठिक हुन्छ वा उक्त पद छोड्दा ठिक हुन्छ भनेर प्रयोगकर्ताहरुलाई सोधेका थिए ।

आफ्ना १२ करोड २० लाख फलोअर्सलाई सोधिएको प्रश्नमा ५७ दशमलव ५५ले भोट दिएका थिए । मस्क्ले ४४ बिलियन डलर मा ट्वीटर किनेका हुन् । उनले सो मस्कले मतगणना बन्द हुनु अघि आफू नतिजाको पालना गर्ने बताएका थिए।

टेस्ला र स्पेस एक्स पनि चलाउने टेक्नोलोजी टाइकुनले ट्वीटर साइट लिएपछि धेरै आलोचनाको सामना गर्नु परेको छ। मतदान बन्द भएदेखि मस्कले अझै टिप्पणी गरेका छैनन्। उनले प्रमुख कार्यकारीको पदबाट राजीनामा दिए पनि उनी ट्वीटरको मालिक नै रहनेछन् ।

सोमबारको उ्रनको पोलमा १७ दशमलव ५ मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले मतदान गरे । जसमा ४२ दशमलव ५ प्रतिशतले मस्कलाई राजीनामा नदिन र बाँकी ५७ दशमलव ५ प्रतिशतले राजिनामा दिन भने ।

विगतलाई हेर्ने हो भने मस्कले ट्विटर पोलको पालना गरेका छन्। उनले भोक्स पोपुली, भोक्स देई अर्थात जनताको आवाज ईश्वरको आवाज भन्ने गरेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here