सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप

काठमाडौं । सुपर माइ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि जारी गरेको आइपीओ भर्ने म्याद थप गरेको हो ।

स्थानीयले कम्पनीको आइपीओमा अब पुस २१ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका वासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ निष्काशन गरेको छ ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. ५, २ र माइजोगमाइ गाउँपालिकाको वडा नं. ५ का स्थानीय बासिन्दाहरुको लागि २ कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाबासीका लागि ३ लाख कित्ता निष्काशन गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ भर्ने म्याद भने आज अन्तिम दिन रहेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि ५० लाख रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर विक्रीमा ल्याएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सयरका लागि आवेदन दिन पाउने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स पूकाशपथ, माछापुच्छ्रे बैंक चोकबजार, सानिमा बैंक भानुपथ र शितेली शाखा र सुपरमाइ हाइड्रोपावरको कार्यालय आरबोटेबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयका साथै मेरो सेयरबाट आवेदन दिन सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here