प्रयोगकर्तालाई इण्टरनेट एक्सप्लोरर बन्द गर्न माइक्रोसफ्टले दियो चेतावनी

काठमाडौं । विश्वको सबैभन्दा पूरानो इण्टरनेट ब्राउजरको रुपमा रहेको इण्टरनेट एक्सप्लोरर २०२२ जुन १५ बाट बन्दको घोषणा गरिएको भएपनि अझै पनि धेरैले प्रयोग गरिरहेका छन् ।

प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले २७ वर्ष पूरानो इण्टरनेट एक्सप्लोरर पूर्ण रुपमा बन्द गर्ने तयारी गरिरहेको बेलामा प्रयोगकर्ताले अझै छोड्न नसकेको भन्दै विकल्प खोज्न आग्रह गरेको छ ।

कम्पनीले प्रयोगकर्तालाई चेतावनी दिँदै इण्टरनेट एक्सप्लोररको विकल्प प्रयोगमा ल्याउन आग्रह गरेको छ ।

कम्पनीका अनुसार अझै पनि कतिपय व्यवसाय इण्टरनेट एक्सप्लोररमै आधारित हुँदा बन्द भएको अवस्थामा व्यवसायमा असर पर्ने भन्दै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो ।

२०२३ फेब्रुअरी १४ बाट इण्टरनेट एक्सप्लोरर पूर्णरुपमा बन्द हुनेछ । त्यसकारण, इण्टरनेट एक्सप्लोरर ११ विन्डोज १० मा फेब्रुअरी १४ मा मा पूर्ण रूपमा बन्द हुनेछ ।

इण्टरनेट ब्राउजरको क्षेत्रमा कुनै समय इण्टरनेट एक्स्प्लोररले एकछत्र राज गरेको थियो । सन् २००३ मा यसको बजार हिस्सा ९५ प्रतिशत सम्म पुगेको थियो ।

तर सन् २००४ मा फायरफक्स आएसँगै इण्टरनेट एक्सप्लोररको प्रभुत्व कमजोर हुँदै गयो ।

त्यस्तै सन् २००८ मा गुगल क्रोमको आगमन तथा इण्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने एन्ड्रोइड तथा आइओएस मोबाइल अपरेटिङ सिस्टमको बढ्दो लोकप्रियतासँगै इण्टरनेट एक्स्प्लोरर छायाँमा पर्दै गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here