७० वर्षको उमेरमा बुद्ध एयर खोलेका सुरेन्द्र बस्नेत रहेनन्

काठमाडौं, १० पुस । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरी हवाई सेवा सहज बनाउन भूमिका निर्वाह गरेका सुरेन्द्र बस्नेतको निधन भएको छ । हाल उनी बुद्ध एयरका अध्यक्ष थिए । उनको ९३ वर्षको उमेरमा आइतबार ललितपुरमा निधन भएको हो ।

भोजपुरको दिंगलास्थित सालमा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए । उनका जेठा छोरा बिरेन्द्र बस्नेतले अहिले बुद्ध एयर हाँकिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here