अफगानिस्तानमा महिलालाई उच्च शिक्षा र एनजीओमा काम गर्न रोक

काबुल, १० पुस । अफगानिस्तानमा महिलालाई उच्च शिक्षा र गैरसरकारी संस्थामा काम गर्न रोक लगाइएको छ । तालिवान सरकारको यो निर्णयको संसारभर आलोचना समेत सुरु भएको छ ।

बीबीसीका अनुसार तालिवान सरकारले एनजीओमा काम गर्न रोक लगाउने निण्को छ । अफगान सरकारको यस निर्णयको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । तालिवानले भने यस निर्णयको बचाउ गरेको समाचारमा उल्लेख छ ।

एनजीओमा काम गर्ने केटीहरुले हिजाब लगाउँन नपाउने र यो शरिया क़ानूनको उल्लंघन भएको उसको तर्क छ । केही दिन पहिला मात्र यहाँ महिलालाई विश्वविद्यालय जान रोक लगाउने निर्णय भएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले यस्तो निर्णय अफगानिस्थानका लागि विनासकारी हुने बताएका छन् । तालिवान महिलाको हकमा कठोर मानिन्छ । जसका कारण यस मुलुकमा मानवाधिकारको अवस्था निकै कमजोर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here