गेर्खु–सेतिदेवी उपशाखाको सभापतिमा पुनः न्यौपाने, सचिवमा प्याकुरेल

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी गेर्खु सेतिदेवी उपशाखा प्रथम अधिवेशनले पुन: सभापतिमा घनश्याम न्यौपानेलाइ चयन गरेको छन।

शनिबार गेर्खु डाँडागाँउमा भएको अधिवेशनल यसअघि उपशाखाको स्थापनाले समयमा गठन भएको तर्दथ समितिको सभापति रहेका घनश्याम न्यौपानेलाइ पुन : सभापति चयन गरेको हो ।

साथै उपशाखाको उप सभापतिमा शोभा तामाङ, सचिवमा निराजन प्याकुरेल, सह सचिवमा मदनकुमार न्यौपाने, कोषाध्यक्षमा बिष्णु शर्मा तिम्सिना ,सह कोषाध्यक्षमा जनक कुमार तिम्सिना, सदस्यहरुमा भगवती नेपाल, बिष्णु बहादुर तामाङ , कृष्ण प्रसाद न्यौपाने,रङ प्रसाद नेपाल र सन्तोष बर्देवा रहेका छन ।

उक्त अधिवेशनलाइ सम्बोधन गदै नेपाल रेडक्रस सोसाइटी बाग्मति प्रदेशका महासचिप रामजी पौडेलले नेपाल रेडक्रस सोसाइटीको सिद्धान्त अनुसार सामाजिक सेवाका कार्यहरुमा लाग्न आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी गेर्खु सेतिदेवी उपशाखाले विदुर नगरपालिका भित्र पर्ने १ं० र ११ वडामा विभिन्न सचेतना मुलक कार्यक्रमहरु गदै आइरहेको र आगामि दिनहरुमा विद्यालयहरुमा जुनियर रेडक्रस सर्कल गठन गर्ने,स्वास्थय संस्थाहरुसंगको सहकार्यमा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने, रेडक्रसको सात सिद्धान्त अन्तराष्ट्रिय रेडक्रसको उद्देश्य पुरा गर्नको लागि सक्रियताको साथ जिम्मेवारी पुरा गर्ने नवनिर्वाचित कार्यसमिति सचिप निराजन प्याकुरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here