उपनिर्वाचन मंसिर १४ मा

काठमाडौं, १७ साउन । निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको छ । आयोगका अनुसार आगामी मंसिर १४ गते तीन वटै तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ ।

आयोगको बिहीबारको निर्णयले मिति तय गरेको हो । आयोगका अनुसार देशभर विभिन्न ५० स्थानमा रिक्त पदमा उपनिर्वाचन गर्नुपर्ने आवश्यकता रहेको आयोगका प्रवक्ता शंकरप्रदास खरेलले जानकारी दिएका छन् ।

उक्त दिन शनिवार परेको छ । ३७ जिल्लाका विभिन्न पदमा उपनिर्वाचन गराउनु पर्ने आयोगले उल्लेख गरेको छ ।

प्रतिनिधिसभामा कास्की ३ रिक्त छ । यो स्थान स्वर्गीय पर्यटन मन्त्री रविन्द्र अधिकारीले जितेको क्षेत्र हो । आयोगले मिति घोषणासँगै उपनिर्वाचनको तयारीमा जुटेको समेत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here