शेयर बजारमा उछाल, नेप्से उच्च अंकले बढ्दा ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेमा नयाँ सरकार बनेसँगै उछाल आएको हो ।

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ती भएसँगै नेप्सेले छलाङ मारिरहेको छ ।

शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित भएका छन् जसका कारण दुई दिनमै नेप्सले १०० बढी अंकको फड्को मारिसकेको छ ।

साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६१ कम्पनीको ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको १ करोड लाख २० हजार ३९ हजार ६०३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज ५ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने चार वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र एनआइबीएल डिबेञ्चरको कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २० करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here