सेनामा खुल्यो ६ हजार जनाको लागि जागिर, हेर्नुहोस कुन पदमा कति ?

काठमाडौं, १९ साउन । नेपाली सेनाले स्विकृत दरवन्दी भित्र रिक्त रहेका पदहरुमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले विभिन्न पदहरुमा गरी ५ हजार ९ सय ३८ जनाको लागि दरखास्त माग गरेको हो ।

सेनाले सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर तथा विभिन्न ट्रेका फलोअर्स पदहरुको लागि आइतबारको गोरखापत्रमा विज्ञापन प्रकाशित गरेको छ ।

रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपुर्ती गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सकिने विज्ञापनमा उल्लेख गरिएको छ ।

कुन पदमा कति माग ?

सेनाले सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, सैन्य ड्राइभर ४० जना माग गरेको छ । त्यस्तै ब.का.सी ४५ जना, कुचिकार ४० जना, चर्मकर्मी १७ जना, सुचिकार २१ जना, धोवी १ जना, सिकर्मी १ जना, लोहकार ४ जना, केशकर्तक ९ जना माग गरेको छ ।

सबैभन्दा ठूलो संख्यामा भने सैन्य पदमा ५ हजार ६ सय ५० जनाको दरखास्त माग गरेको छ ।

कहिलेसम्म दरखास्त दिन सकिन्छ ?

विज्ञापन अनुसार दरखास्त पेश गर्ने मिति २०७६ भदौ १६ गतेको कार्यालय समय भित्र दरखास्य पेश गर्ने अन्तिम मिति तोकिएको छ । त्यस्तै अन्तिम मितिबाट ७ दिन अर्थात भदौ २३ गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त पेश गर्न सकिनेछ ।

सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल र सैन्य ड्राइभर पदमा दरखास्त दिनको लागि १५० रुपैयाँ दस्तुर लाग्ने छ भने अन्य सबै ट्रेडका फलोअर्स पदका लागि १०० रुपैयाँ दस्तुर लाग्ने छ ।

एउटै पदमा एक भन्दा बढी समूहमा दरखास्त दिएमा भने प्रत्येक समूहको लागि २० प्रतिशतका दरले थप दस्तुर लाग्ने छ ।

आवश्यक शैक्षिक योग्यता

सैन्य पदका लागि कक्षा कम्तीमा ८ उर्तिण भएको हुनुपर्नेछ । त्यस्तै सैन्य मेडिकलको लागि कक्षा ८ उतिर्ण भएको र मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल सम्बन्धि सिएमए, एएनएम, ल्याब असिस्टेन्ट, टिएसएलसी इन रेडियोग्राफी, एएएचडब्लु, डेन्टल हाइजिनिस्ट आदि तालिम प्राप्त गरेको हुनुपर्छ ।

यसैगरी सैन्य सिग्नलको लागि कक्षा ८ उर्तिणका साथै मान्यताप्राप्त इन्टिच्युटबाट कम्प्युटर बेसिक कोर्स कम्तीमा ३ महिनाको गरेको हुनुपर्छ ।

सैन्य ड्राइभरको लाग कक्षा ८ उतिर्ण गरेको हुनुपर्छ । साथै लाइट हेभी सवारी चालन अनुमति प्राप्त गरेको हुनुपर्छ ।

अन्य फलोअर्स पदका लागि साधारण लेखपढ गर्न सक्ने हुनुपर्छ ।

उमेरको हदमा भने सैन्य मेडिकल सेन्य सिग्नल पदका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको र बहालवला फलोअर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्छ ।
त्यस्तै सबै ट्रेडका फलोअर्सको लागि १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ ।

अन्य आवश्यक शारीरिक योग्यता पनि विज्ञापनमा खुलाइएको छ ।

हेर्नुहाेस् विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here