ओयाे होटल्सको नयाँ कन्ट्री हेड नियुक्त, विक्की योल्मोले नेपालको नेतृत्व सम्हाल्ने

काठमाडौं, १९ साउन । ओयो होटल एण्ड होम्सले नेपालको लागि नयाँ कन्ट्री हेड नियुक्त गरेको छ ।

आक्रामक रुपमा व्यावसाय विस्तार गरीरहेको फेन्चाइज होटलले नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको हो ।

ओयोले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, भक्तपुर, धुलिखेल, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढी लगायत २१ वटा शहरमा होटलहरु सञ्चालन गर्दै आएको छ ।

दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठुलो, विश्वकै तेस्रो ठुलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको ओयोले विश्वव्यापी रुपमा ८० देशका ८०० शहरहरुमा १ मिलियन कोठाहरु पु¥याएर विश्वकै तेस्रो–ठुलो होटल चेन बन्न सफल भएको समेत बताएको छ ।

होटल संचालकहरुसँग सम्बन्ध प्रगाढ बनाउने, नेपालमा रहेका ओयो कर्मचारीहरुबीच गहिरो संलग्नता कायम गर्ने, यात्रुहरुलाई उच्च गुणस्तरीयसेवा तथा विश्वाशिलो अनुभव प्रदान गर्ने र नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल) लाई मध्यनजर गर्दै नेपाललाई चौतर्फी दृष्टिकोणबाट महत्वपूर्ण रणनीतिक बजार विस्तार गर्ने नयाँ कन्ट्री हेड योल्मोको योजना रहेको छ ।

योल्मो एक अनुभवी स्ट्याटिजिक बिजनेस म्यानेजमेन्ट स्पेसलिस्ट भएको पनि ओयोले जानकारी दिएको छ । आईआईटी दिल्लीबाट स्नातक गरेका उनले आईआईएम कलकत्ताबाट एमबीए गरेका हुन् ।

उनीसँग फूड, डेरी, एफएमसीजी, रिटेल र एग्री कमोडिटिजमा एक दशकभन्दा बढी काम गरेको अनुभव रहेको छ ।

ओयो होटल एण्ड होमस्का भारत तथा दक्षिण एशियाका सीइओ आदित्य घोषले नियुक्ति सम्बन्धी कुरा गर्दै भने, ‘म ओयो परिवारमा विक्की योल्मोलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छु । दक्षिण एशियाकै मुख्य बजार नेपालमा ओयोलाई विस्तार गर्न विक्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।’

नवनियुक्त कन्ट्रीहेड योल्मोले भने, ‘असाधारण प्रतिभा भएका जोशीला टोलीका साथ नेपालमा ठुलो भूमिका निर्वाह गर्दै ब्राण्डको उपस्थीतिलाई बलियो बनाउने आशा राखेको छु ।’

नेपालको ओयो चेनमा ३३० भन्दा बढि फ्रेन्चाइज होटल र ५५०० भन्दा बढि कोठाहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here