विराटनगर, इटहरी र धरानमा पनि मेरो सुरक्षाको मोबाइल बीमा सेवा विस्तार

काठमाडौं, १९ साउन । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन पूर्वका विराटनगर, इटहरी र धरानमा सेवा विस्तार भएको छ ।

यस अघि चितवन र बीरगञ्जबाट सेवा दिईरहेको मेरो सुरक्षाले पश्चिम नेपालका तीन शहर बुटवल, पोखरा र पाल्पामा शाखा बिस्तार गरेको थियो ।

पुर्वमा शाखा विस्तार भएसँगै सबै महानगरपालिका र तीन उप महानगरपालिकामा मेरो सुरक्षाको सेवा पुगेको कम्पनीले जनाएको छ ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा बीरगञ्ज, चितवन, बुटवल, पोखरा र पाल्पामा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर सेवा बिस्तार गरिएको बताए ।

साथै उनले आगामी भदौभित्र घोराही, धनगढी,नेपालगंञ्ज, तुल्सीपुर,जनकपुर, हेटौँडा र तनहुँमा शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि निशुल्क उपलब्ध गराउँदै आएको छ ।

सेवा सुरु गरेको छोटो समयमा नै ७० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् ।

जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउन साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराउने गरिएको छ ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here