सुनको भाउ अहिलेसम्मकै महङ्गो, तोलाको ६६ हजार ३ सय

काठमाडौं, १९ साउन। नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

शुक्रवार ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावल सुन आइतवार प्रतितोला ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघले तोकेको मुल्य अनुसार आइतवार छापावाल सुनको भाउ प्रतितोला ६६ हजार तीन सय रुपैयाँ छ भने तेजावी सुनको मूल्य प्रतितोला ६६ हजार रुपैयाँ रहेको छ ।

सुनको माग उच्च हुने सिजन मानिने तीज पर्व नजिकिदै गर्दा सुनको भाउ बढेपछि व्यापार घटेको व्यवसायीहरु बताउछन् ।

आइतवार चाँदीको मूल्य भने प्रतितोला ७ सय ७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here