विल स्मिथले ‘गली बोइ’ मन पराएपछि …

क्लाउडपत्रिका

काठमाडौं, ४फागुन । हलिवूड सुपरस्टार विल स्मिथले ‘गली बोइ’मा रणवीर सिंहको भूमिकाको प्रशंसा गरेका छन् । नायक निर्माता तथा र्‍यापर विलले ‘गली बोइ’मा रणवीरले खेलेको र्यापर मुरादको भूमिकाको प्रशंसा गर्दै इस्टाग्राममा भिडियो पोष्ट गरेका छन् । जोया अख्तर निर्देशित फिल्म हेरेपछि विल रणवीरको प्रस्तुतिबाट खुशी भएको भिडियोमा देख्न सकिन्छ ।
सो भिडियो आलिया भट्ट र जोयाले समेत शेयर गरेका छन् ।

भिडियोमा विल भन्छन् – बधाइ छ रणवीर । तिमीले ‘गली बोइ’मा गरेको काम मलाई मन पर्‍यो । फिल्ममा देखाइएको पुरानो शैलीको हिपहप मलाई सारै मन परेको छ । संसारभरको हिप हप मलाई मन पर्छ । बधाइ ।

शुक्रवार रिलिज भएको गली बोइले दर्शक र समीक्षक दुवैको राम्रो प्रतिक्रिया पाएको छ भने पहिलो दिन मात्रै १९ करोड ४० लाख भारुको कारोबार गरेको छ । समीक्षकहरुले आगामी दिनमा सिनेमाको बिजनेश अझ बढ्दै जाने अनुमान गरेका छन् ।

विलको सन्देश:

“ Yo Ranveer congrats man I am loving what you’re doing with Gullyboy for me old school hip hop here seeing hip hop all over the world like that I am loving it man congrats “

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here