अमेरिकामा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

काठमाडौं, १९ साउन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ ।

गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचारः

अमेरिकामा भिषण गोली काण्ड : १ जनाले लिए २० को ज्यान, थुप्रै घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here