अब सर्ट भिडियोबाट कमाउन सकिन्छ पैसा

काठमाडौं । अब युट्युव प्रयोगकर्ताले शर्टसबाट पैसा कमाउन सक्ने भएका छन् ।

युट्युबले अगामी फ्रब्रुअरी १ देखि शर्टस् प्रयोगकर्ता अर्थात् भिडियो क्रियटरलाई विज्ञापनबाट आउने आम्दानी शेयर गर्ने भएको छ । हालसम्म युट्युब भिडियोबाट मात्र आम्दानी गर्ने गरेका थिए ।

यसका लागि कम्पनीले आम्दानी साझेदारी योजना ल्याउने तयारी गरेको छ । क्रियटरले आफ्नो शर्ट्समा आएको भ्युज तथा विज्ञापनका आधारमा रकम प्राप्त गर्न सक्नेछन् ।

युट्युवले उक्त शर्त जुलाई १० सम्म पालना गरिसक्नुपर्ने बताएको छ । शर्त पालना नगरेको अवस्थामा क्रियटरले यो सुबिधा पाउन सक्दैनन् । त्यस्तै कम्तीमा १ हजार फलोअर हुनुपर्छ ।

साथै ९० दिनको अवधिमा शर्ट्समा १ करोडभन्दा बढी भ्युज भएका क्रियटरले यस कार्यक्रमका लागि आवेदन दिनसक्ने जनाइएको छ । शर्ट्समा प्रयोगकर्ताले छोटो भिडियोहरू बीच प्ले गरिएका विज्ञापनहरूबाट पनि पैसा कमाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here