टिच फर नेपाललाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं, १९ साउन । एभरेष्ट बैंकले शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिदैं ५ लाखको चेक हस्तान्तरण गरेको छ ।

टिच फर नेपाल शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध भएको कारण सहयोग गरेको बैंकले बताएको छ । बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग गर्दै आएको छ ।

‘सर्भिस विथ स्माईल’ नारा सहित बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै सेवा दिँदै आएकाे बताएकाे छ ।

एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

बैंकको देशभर ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here