आयोजनाको पूर्वतयारी साउन १ गते भित्रै सक्न आयोगको सुझाव

क्लाउडपत्रिका
काठमाडौं, ४ फागुन । र्वजनिक खर्च पुनरावलोकन आयोगले आयोजनाको पूर्वतयारी साउन १ गते भित्रै सम्पन्न गरी नयाँ आर्थिक वर्षबाट कार्यान्वयन थाल्नुपर्ने सुझाव दिएको छ ।

खासगरी आयोजना कार्यानवयन तथा खर्चका लागि गर्नुपर्ने कागजी कामहरु १ साउन भित्रै सम्पन्न गर्न सके आर्थिक वर्षको पहिलो दिनबाटै कार्यान्वयनमा जान सकिने आयोगको भनाई छ । आयोगले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा आयोगले सार्वजनिक खर्चलाई प्रभावकारी बनाउन सरकारले नियमित गर्ने खर्चलाई आयोजनाका रुपमा नराख्न पनि सुझाव दिएको छ । खासगरी बजेटमा उल्लेख कार्यक्रमलाई पी१, पी२ वर्गिकरण गरी थप बोझिलो बनाउँदा खर्च प्रभावकारी हुन नसकेको आयोगको निष्कर्ष छ ।

आयोगले राष्ट्रिय गौरवका आयोजनामा राजनीतिक प्रभाव हावी भएको भन्दै अब आयोजनाको वर्गिकरण पनि रणनीतिक र नियमित कार्यक्रमका आधारमा गर्न सुझाव दिएको छ ।

सरकारले सार्वजनिक खर्चलाई प्रभावकारी तथा मितव्ययी बनाउन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन गत भदौमा अर्थशास्त्री डा. डिल्लीराज खनालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here