पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?

काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जसमध्ये ५३ जना नेपाली रहेका छन् ।

५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन।

६८ जना यात्रु सवार यति एयरको जहाज पोखरामा दुर्घटना

पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो

यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, ११ जना विदेशी (नामावलीसहित)

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here