१२ वर्ष विदेशमा चलाएपछि नेपाल ल्याइएको थियो दुर्घटना परेको यतिको जहाज

काठमाडौं । पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको जहाजले साढे १५ वर्षअघि पहिलो उडान गरेको खुलेको छ।

९ एन-एनअसी कल साइन यो जहाज सन् २००७ मा फ्रान्सको एटीआर कम्पनीले उत्पादन गरेको हो ।

जहाजबारे जानकारी दिने एयरफ्लिट्स डटनेट र प्लेनस्पटर्स डटनेटका अनुसार यतीको ९एन-एएनसी जहाजले सन् २००७ अगस्ट १७ मा पहिलो उडान गरेको हो।

‘एटीआर ७२-२१२ ए’ प्रकारको यो जहाजले सन् २००७ अगस्ट १७ देखि भारतीय वायुसेवा कम्पनी किङफिसरले उडाएको थियो । किङफिसरले ६ वर्ष उडाएर उक्त जहाज थाइल्याण्डको कम्पनीलाई बेचेको थियो ।

थाइल्यान्डको नोक एयरले सन् २०१३ अप्रिल १ देखि उक्त जहाज चलाएको थियो । नोकले ४ वर्ष चलाएर सो जहाज फेरि यति एयरलाइन्सलाई बेचेको थियो ।

यति एयारलाइन्सले सन् २०१९ एप्रिल २६ देखि सो जहाज संचालनमा ल्याएको थियो । यो जहाजमा दुई वटा टर्बो प्रप्स इन्जिन रहेको हुन्छ । नेपालमा एटीआर–७२ विमान दुर्घटना भएको यो पहिलोपटक हो ।

नेपालमा एटीआरमा डेढ १ दर्जन बढी विमान संचालनमा छन् । बुद्ध एयरसँग मात्रै १४ वटा रहेका छन् भने यतिसँग ६ वटा एटीआर जहाज संचालनमा छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो।

बिहान ११ बजेर ५५ मिनेटमा दुर्घटना भएको हो। ६८ यात्रु र चालक दलका चार सदस्य गरी ७२ जना सवार उक्त जहाज १० बजेर ५० मिनेटसम्म पोखराको टावरसँग सम्पर्कमा रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here