दुर्घटनाको शोकमा यति एयरलाइन्सले आज सबै उडान बन्द गर्ने

काठमाडौं । यति एयरलाइन्सले आज तय गरिएका सबै उडान बन्द गरेको छ । यति एयरलाइन्सले आइतबार नै विज्ञप्ति जारी गरी सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको जनाएको हो ।

एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।

कुल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ जहाज पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here