नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध भएको छ । मंगलवार साढे १२ बजेदेखि कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोनको सेवा अबरुद्ध बनेको छ।

प्रयोगकर्ताले फोन गर्दा आफैं काटिने र बिजी टोन आउने समस्या देखिएको छ। यस्तै एसएमएसमा पनि समस्या देखिएको छ। एसएमएस पठाउँदा नजाने समस्या देखिएको छ।

समस्या के भएको हो भन्ने बारे अहिले नै यकिन गर्न नसक्दा समाधानमा ढिलाइ भैरहेको टेलिकमले जनाएको छ। सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

टेलिकमको सेवा अवरुद्ध भएकोबारे देशभरबाट गुनासाहरु आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here