ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र ग्लोबलको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । यस लघुवित्तले अघिल्लो आर्थिक वर्षमा भने २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँको १२ प्रतिशतले हुन आउने ६ करोड ६३ लाख १० हजार ७१९.१२ रुपैयाँबराबरको बोनस शेयर र ८ प्रतिशतले हुन आउने ४ करोड ४२ लाख ७ हजार १४६.०८ रुपैयाँबराबरको नगद लाभांश छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here