लिभरपुललाई पेनाल्टीमा हराउँदै म्यान्चेष्टर सिटीले जित्याे कम्युनिटी शिल्ड

काठमाडाैं, २० साउन । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले नयाँ सिजनको पहिलो उपाधिको रुपमा कम्युनिटी शिल्ड उचालेको छ ।

सिटीले आइतबार बेलुका भएको खेलमा लिगको उपविजेता लिभरपुललाई पेनाल्टी शुटआउटमा ५-४ ले हराएको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । रहिम स्टरलिङले खेलको १२ औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएकाे थियो । त्यसपछि पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् र सिटीको अग्रता कायमै भयो ।

दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्यो । ७७ औं मिनेटमा लिभरपुलका लागि भान डाइकको क्रसमा वैकल्पिक खेलाडी जोएल माटिपले हेडरमार्फत बराबरी गोल फर्काए ।

१-१ गोलको बराबरी भएपछि पेनाल्टी शुटआउटमा गएको खेलमा सिटीका खेलाडीको पाँचवटै प्रहार गोलमा परिणत भयो ।

लिभरपुलका जर्जिन्हो विज्नाल्डमले गरेको प्रहार सिटीका गोलरक्षक ब्राभोले बचाएपछि सिटी कम्युनिटी शिल्ड उचाल्न सफल भयो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here