मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा

काठमाडौं । काठमाडौंको बबरमहलमा आज बिहान गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका छन्।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने भाडाका मिनी बस १४, पिकअप भ्यान ८, भाडाका माइक्रोबस ३ र कार २ गरी २७ वा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बबरमहलमा ५३ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका हुन्।

सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here