एक महिनामै थपिए ३ लाख ६८ हजार वालेट प्रयोगकर्ता, कनेक्ट आइपीएस प्रयोग गर्ने कति ?

काठमाडौं, ६ माघ । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

पछिल्लो समय फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको मंसिरमसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड ५५ लाख २ हजार १३३ पुगेको छ ।

कात्तिकमा यो संख्या १ करोड ५१ लाख ३३ हजार ७३५ थियो । एक महिनामै ३ लाख ६८ हजार ३३९ वालेट प्रयोगकर्ता थपिएका छन् । कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ९ लाख ७४ हजार ५४३ पुगेको छ ।

त्यस्तै तथ्याङ्कको पछिल्लो अपडेट अनुसार देशभरबाट एक करोड ९७ लाख ६६ हजार ४१५ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।

एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो । एक महिनामै ३ लाख ६२ हजार ७३५ जना ग्राहक थपिएका छन् । कात्तिक महिनासम्ममा यो संख्या १ करोड ९४ लाख ३ हजार ६८० सय रहेको थियो ।

डेविट कार्डबाट प्रयोगकर्ताको संख्या १ करोड १९ लाख हजार २७ हजार ७७४ पुगेको छ । क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ७० हजार १५६ पुगेको छ ।

पछिल्लो समय एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here