काठमाडौं । भारतलेले नेपाललाई चैतसम्म ५० हजार टन आयातको अनुमति दिएको छ । गहुँ निर्यातका लागि कोटा निर्धारण गर्दै उक्त अनुमति दिएको हो ।
गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो ।
नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक-पटक पत्राचार गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो ।
त्यसै कोटालाइ आधार बनाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा उपलब्ध गराएको छ । गहुँ आयात अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म आयात गरिसक्नुपर्नेछ।
मैदा उत्पादनका आधारमा गरिएको कोटा वितरणमा न्यूनतम ८२ देखि अधिकतम २ हजार ३७५ मेट्रिक टनसम्म गहुँ आयात कोटा सिफारिस भएको मन्त्रालयले बताएको छ।
स्वदेशी मैदा उद्योगलाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकामा ४ लाख मेट्रिक टन स्थानीय उत्पादन र बाँकी ६ लाख मेट्रिक गहुँ आयात गर्नुपर्ने अवस्था छ। नेपाल फ्लोर मिल एसोसिएसनका अनुसार कच्चा पदार्थ अभावले हाल मुलुकभर ३८ मैदा मिल रहेकामा ५० प्रतिशत बन्द छन्।